आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

एसियन कप छनौटमा इन्डोनेसियासँग नेपालको ७-० गोलको हार, तीन वर्ष यताकै खराब नतिजा

परदेशी खबर २०७९ अषाढ १, बुधबार मा प्रकाशित ( ४ साल अघि) ५३१ पाठक संख्या

परदेशी खबर/१६ जुन, कुवेत। एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा नेपालले खराबप्रदर्शन गरेको छ। समूहमा रहेको नेपाल लगातार तेस्रो खेलमा पराजित भयो।

बिज्ञापन (Sponsored)

बुधबार विहान कुवेत सिटीमा सकिएको खेलमा नेपालमाथि इन्डोनेसियाले गोलको फराकिलोअन्तरको जित हात पार्‍यो।

नेपालविरुद्ध इन्डोनेसियाले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा पाँच गोल थपेको थियो।

इन्डोनेसियाका लागि मोहमद मिसजले छैटौं विटन सुलेमानले ४३ मिनेटमा गोल गरेका थिए।

दोस्रो हाफमा नेपालमाथि पुरै दबाब राखेको इन्डोनेसियाका लागि अर्यन्तोले ५४ मिनेटमा तेस्रो गोल सदिल रामदानीले ५५ मिनेटमा चौथो गोल गरे।

८० मिनेटमा इल्कन बग्गोटले पाँचौ गोल गर्दा ८१ मिनेटमा सुलेमानले टिमका लागि छैटौं व्यक्तिगतदोस्रो गोल गरे। ९० मिनेटमा फर्डिनालले इन्डोनेसियाका लागि सातौं गोल गरे।

समूहमा नेपालले तीनै खेलमा हार बेहोर्‍यो। नेपाल पहिलो खेलमा जोर्डनसँग दोस्रो खेलमाआयोजक कुवेतसँग गोलले पराजित भएको थियो।

यता नेपाललाई पराजित गरेसँगै इन्डोनेसिया अंक जोडेर एसियन कपमा छनोट भएको छ।लगातार तीन जित निकालेको जोर्डनले पनि एसियन कपमा स्थान बनाउँदा नेपाललाई मात्रहराएको कुवेत भने तेस्रो स्थानमै सीमित बन्यो। 

इन्डोनेसियासँगको हार नेपालको तीन वर्ष यताकै खराब प्रदर्शन हो। यसअघि सन् २०१९ मा भएकोएसियन कपको दोस्रो चरणमा नेपालले कुवेतसँग गोलअन्तरकै हार बेहोरेको थियो। सो खेलपनि कुवेत सिटीमै भएको थियो। त्यतिबेला पनि नेपालले पहिलो हाफमा दुई गोल खादा दोस्रोहाफमा पाँच गोल खाएको थियो।

कुवेतसँग गोल खाएको पाँच दिनपछि नेपालले चाइनिज ताइपेईलाई भने उसैको मैदानमा गोलले पराजित गरेको थियो। 

यता नेपालले एसियन कपको तेस्रो चरणको छनोटमा सहभागी २४ टिममध्ये सबैभन्दा कमजोरप्रदर्शन गरेको छ। समूहमा तीनै खेल हारेको नेपालले तीन खेलमा १३ गोल खदा गोल मात्र गर्नसक्यो।

तेस्रो चरणको छनोटमा नेपालपछि खराब प्रदर्शन गर्ने टिम म्यानमार बन्यो। समूहएफमा उसले तीनैखेलमा हार बेहोर्दा १२ गोल खायो भने गोल गर्न सक्यो। साभार निरेम अपडेटबाट