आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

खोटाङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव आमान्त्रित कलाकारको साथ मनाउने

परदेशी खबर २०८३ श्रावण ३, आईतबार मा प्रकाशित ( १ हफ्ता अघि) ६५ पाठक संख्या

कुवेत— खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव भव्य रूपमा मनाउने निर्णय गरेको छ। संस्थाको कुवेतस्थित एसियन नेपाली रेस्टुरेन्टमा अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न २६औं मासिक बैठकले आगामी २०८३ असोज ९ गते शुक्रबार (२५ सेप्टेम्बर २०२६) का दिन कार्यक्रम आयोजना गर्ने सर्वसम्मत निर्णय गरेको हो।

बिज्ञापन (Sponsored)

नेपालबाट आमन्त्रित विशेष अतिथि कलाकारहरूको बेजोड प्रस्तुति रहने उक्त समारोह आगामी सेप्टेम्बर २५ तारिखका दिन बिहान १० बजेदेखि सुरु हुने संस्थाले जनाएको छ। कार्यक्रमको निश्चित स्थान भने छिट्टै सार्वजनिक गरिने आयोजकले उल्लेख गरेको छ।

मञ्चले कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाहरूलाई उक्त दिन अन्य कुनै पनि कार्यक्रम नराखी सहयोग पुर्‍याइदिन हार्दिक अपिल गरेको छ। साथै, कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिन मञ्चका तर्फबाट विनम्र अनुरोध गरिएको छ।