आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

एभरेष्ट मार्शल आर्ट्सका खेलाडी लाई पोशाक प्रदान

परदेशी खबर २०७८ पौष २५, आईतबार मा प्रकाशित ( ४ साल अघि) ८९६ पाठक संख्या

बिज्ञापन (Sponsored)

एभरेष्ट मार्शल आर्ट्स क्लबका सिनियर खेलाडीका लागि हौसला प्रदान गर्न २५ जोर ट्रयाक सुट मेटाबो पावर टुल्स Metabo Power Tools नेपालका लागि आधिकारिक बितरक Kusum Engineering Enterprises & Traders का प्रबन्ध निर्देशक कुसुम व्यञ्जनकार तथा प्राविधिक प्रमुख राजेश प्रधानले उपलब्ध गराई दिनु भएको थियो।

एभरेष्ट मार्शल आर्ट्सका खेलाडीहरुलाई नेपाली कांग्रेस क्षेत्र नं ९ का प्रदेश प्रमुख मोहन बस्नेत,प्रदेश सचिव श्रावण कुमार र समाजसेवी तथा पूर्व खेलाडी राजु सिंहले खेलाडीहरु लाई ट्रयाक सुट, ब्याग र ज्याकेट हस्तान्तरण गर्नु भएको थियो।

उक्त कार्यकम एभरेष्ट मार्शल आर्ट्स क्लबमा भएको थियो भने कार्यक्रममा क्लबका अध्यक्ष रञ्जिता रिजाल र प्रमुख प्रशिक्षक रवि शाहीको उपस्थिति रहेको थियो।