कुवेत – संयुक्त तीन किराती समुदाय– किरात राई, किरात याक्थुङ (लिम्बू) र किराती सुनुवार–द्वारा आयोजना गरिएको चासोक तङ्नाम, साकेला उधौली र यापावा स्यादार पिदार सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथि कलाकार गायिका मिना राई कुवेत आइपुगेकी छन्।
उक्त कार्यक्रम भोली शुक्रबार, कुवेतको खैतानस्थित राजधानी होटलमा भव्य रूपमा आयोजना हुँदैछ। कार्यक्रममा किराती संस्कृतिको संरक्षण तथा प्रवर्द्धन उद्देश्यअनुरूप विभिन्न सांस्कृतिक नृत्य, गीत–संगीत, शुभकामना आदानप्रदान र सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
फोटो बिजय लामा
