परदेशी खबर/ २९ अगस्त, कुवेत। घरेलु कामदार देखि सामन्य कामदार हुँदै निजि रेस्टुरेन्ट व्यबसायमा हात हालेकी दिलमाया तामाङले लामो समयदेखी कुवेतको फाहाहिल्स्थित नेपाली फ्यामिली होटल सञ्चालन गरिरहेकी छिन। उनकै लगानिमा एउटा अर्को विश्व इन्टरनेस्नल रेस्टुरेन्टको समुद्घाटन समारोह सम्पन्न गरेकी छिन।
उनको सफलताले निरन्तर कडा मिहेनतका साथ संघर्ष गरे आधा पेट खाएर रात गुजार्ने देखि सम्पन्न बन्नु सम्मको अवस्थाको दुरि धेरै टाढा हुँदैन रहेछ भन्ने गतिलो सन्देश दिएको छ। लगभग डेढ दशक देखि उनले एक्लैले रेस्टुरेन्ट सञ्चालन गरिरहेकी छिन। उनका श्रीमान नेपालमै छन। उनी संग १० बर्षिय छोरा साथमा छन। उनका छोरा विश्व घिसिङकै नामबाट २५ अगस्तका दिन नेपाली राजदूतावासका राजदूत दुर्गाप्रसाद भन्डारी र NRNA कुवेतका अध्यन रणध्वोज लामाको हातबाट दिप प्रज्वलन तथा रिवन र केक काटेर “विश्व इन्टरनेस्नल नेपाली रेस्टुरेन्ट” को समुद्घाटन समारोह सम्पन्न भएको छ।उनको यो निरन्तर संघर्ष, त्याग र कडा परिश्रमले सफलताको शिखर चुम्न असहज छैन भन्ने सन्देश त दिन्छ नै, आफुमा सहास र आत्माविस्वास पनि हुनुपर्छ भन्ने सन्देश प्राप्त गर्न सकिन्छ।
