आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतमा हृदयघातको कारण मोरङका नर बहादुर बिष्टको निधन

परदेशी खबर २०७९ श्रावण ८, आईतबार मा प्रकाशित ( ४ साल अघि) ७७० पाठक संख्या

परदेशी खबर/ जलाई २४, कुवेत। वैदेशिक रोजगारका लागि कुवेत आएका ५२ वर्षीय नर बहादुरबिष्टको हृदयघातका कारण निधन भएको छ।

बिज्ञापन (Sponsored)

मोरङ, नेताचोक घर भएका नर बहादुर बिष्टको १७ जुलाई २०२२ का दिन कोठामा सुतेकै अवस्थामानिधन भएको चन्द्र पाईजा मगरले जानकारी दिएका छन्। मृतक कुवेतको एसटिएसजी कम्पनीमालगभग ११ वर्ष देखि कार्यरत थिए।

कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालकाअनुसार ‘मृतकको प्रारम्भिक जानकारी नेपाली दूतावासमा प्राप्त भईसकेको मृतककोपोस्टमार्टम रिपोर्टमा हृदयघातका कारण निधन भएको पुष्टि भएको जानकारि प्राप्त भएको हो।

दुतावासको अनुसार मृतको शव स्वदेश पठाउनका लागि कानूनी प्रक्रियाका काम भैरहेको काम पूराभएपछि मृतकको शव चाडै नै नेपाल पठाउने तयारी भइरहेको छ।

समचार संकलनको लागि सहयोग मयुरपाटीबाट