आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतमा एक नेपाली महिलाले आफ्नै घाँटी रेटेर आत्महत्या गरिन्

परदेशी खबर २०७८ कार्तिक २९, सोमबार मा प्रकाशित ( ४ साल अघि) ६५३ पाठक संख्या

परदेशी खबर/१४ नोभेम्बर, कुवेत। बेसि शहर नगरपालिका नाल्म लम्जुङकी ३२ बर्षिय मनमायागुरुङले कुवेतमा आफ्नै घाँटी रेटि आत्महत्या गरेकी छन। उनले गत बुधवार नोभेम्बरका दिन उनको कुवेतको उमरियास्थित आफ्नै निवासको शौचालय (बाथरुम ) लक गरेर आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी थिइन। उनी लामो समयदेखि कुवेतमा कार्यरत थिइन। पछिल्लो समयमा उनी आफ्नोकम्पनिले लामो समयसम्म तलब नदिएको भन्दै भागेर अवैधानिक हैसियतमा काम गरिरहेकी थिइन।

बिज्ञापन (Sponsored)

राती सबैजना सुतिरहेको समयमा करिव राती देखि साढे तीन बजेको आसपासमा सो घटना घटेकोहुन सक्ने ओम गुरुङले बताएका छन। उनका अनुसार, बिहान लगभग साढे बजेतिर शौचालयको ढोका नखुलेपछी को पसेको भनेर हल्लाखल्ला हुँदा मनमाया नदेखिएको शौचालयमा कुनैआवाज आएपछी शंका लागेर ढोका खोल्ने कसैले आँट नगरेको बुझिएको छ। अर्को पटिबाट भेन्टिलेशनको प्वालबाट चिहाएर हेर्दा रगताम्य भएर लडिरहेको देखेपछि फायर वृगेड पुलिसलाइखबर गरि लगभग साढे बजे तिर फायर बृगेड आएर ढोका फोरेर शव उठाएको थियो।

यश विसयमा सोधपुछ तथा अनुसन्धानका लागि एउटै फ्लाटमा बस्ने ओम गुरुङलाइ पुलिसले थानालगेर गएको सामन्य सोध पुछ पछि फर्केका छन।

यश बिसयमा नेपाली दूतावासमा जानकारी भैसकेको पोस्टमार्टम रिपोर्ट समेत आइसकेको दुतावास स्रोतले जनाएको छ। रिपोर्टमा, “घाँटीमा गहिरो चिरा परेको घाउ, रक्तश्राव आघातका कारण मृत्यु भएकोभनि उल्लेख गरिएको छ। उनको शव छिट्टै नेपाल पठाउने प्रक्रियामा रहेको दुतावास  स्रोतले जानकारी दिएको छ।न्युज साभार राम्रो दृष्टि अनलाइनबाट