परदेशी खबर/ अगस्ट २१,कुवेत । कुवेतमा क्रियाशिल नेपाल कुवेत सरोकार समाजको यही आउदो अगस्त २७ तारिक २०२१ शुक्रवारका दिन तेस्रो ऐतिहासीक अधिवेशन गर्ने भएको छ । बर्तमान अध्यक्ष राम तामाङ र महासचिव दामोदर बटलाले मिडिया मार्फत जानकारी दिएको छ। तेस्रो महाधिवेशन गर्ने बारे जानकारी दिएको हो।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस रोग (COVID-19) का कारण बिश्वको अर्थत्रन्त्र तहसनहस भएको समयमा यसै बिषम परिस्थितीलाई मध्यनजर गर्दै कुवेतको सरकारले दिएको पालन गर्दै कुबेत सिटी भन्दा धेरै टाढा हिजुल-कबाड एरिया समाजले कुबेतमा अन्य नेपाली क्रियाशिल सँघ-संस्थाहरु सँग हातेमालो गर्दै सामाजिक कार्यहरु गर्ने उद्देश्य लिएर स्थापना भएको समाजले बिगत को दिनहरुमा स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई,कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ।
कार्यक्रमको विवरण
आयोजक :नेपाल कुबेत सरोकार समाज
कार्यक्रम: तेश्रो अधिवेशन
समया: बिहान 11 बजे
मिति : २७ अगष्ट २०२१ शुक्रबार
स्थान :कबाड हल
