युएई।तमु समाज युएईको १२ औं महाधिवेशन पश्चात् भर्चुअल मार्फत आज पहिलो बैठक तमुसमाज युएईका अध्यक्ष नन्द जंङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकको प्रमुख अतिथिमा तमु समाज युएईका निवर्तमान प्रमुख सल्लाहकार एवं वर्तमान संरक्षकसमिति सदस्य डेर राज गुरुङ,बिशेष अतिथिहरुमा निवर्तमान संरक्षक एवं वर्तमान संरक्षक समितिप्रमुख राजु गुरुङ , निवर्तमान सल्लाहकार एवं वर्तमान संरक्षक समिति सदस्य श्याम गुरुङ रअतिथिमा तमु समाज युएईका नेपाल प्रतिनिधि मानु कोन्मे गुरुङ रहेको थियो ।
बैठक तमु समाज युएईका महासचिव राजु गुरुङले संचालन गरेको थियो भने स्वागत मन्तव्य तमुसमाज युएईका वरिष्ठ उपाध्यक्ष अमृत गुरुङले राखेका थिए।
बैठकमा तमु समाज युएईका वरिष्ठ उपाध्यक्ष अमृत गुरुङ,महिला उपाध्यक्ष उर्मिला गुरुङ,सचिवप्रवीण गुरुङ,कोषाध्यक्ष याम गुरुङ,सदस्य ग्रीष्म कोन्मे गुरुङ,सदस्य युवाराज गुरुङ (कैलास) रकार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
संस्थाको पहिलो बैठकले संरक्षक समिति र सल्लाहकार समिति चयन गरेको छ। संरक्षक समितिकोप्रमुखमा निवर्तमान संरक्षक राजु गुरुङ,संरक्षक समिति सदस्यमा निवर्तमान प्रमुख सल्लाहकार डेरराज गुरुङ र निवर्तमान सल्लाहकार श्याम गुरुङ लाई चयन गरेको छ भने सल्लाहकार समितिकोप्रमुखमा निवर्तमान अध्यक्ष उषा गुरुङ,सल्लाहकार समिति सदस्यहरुमा मुनिन्द्र गुरुङ,शिव जङ्गगुरुङ,इन्द्र गुरुङ,तारा गुरुङ,रबिन्द्र गुरुङ,राम गुरुङ र रमिला गुरुङ लाई चयन गरेको छ।
उक्त पहिलो भर्चुअल बैठक द्वारा विभिन्न प्रस्ताव माथी छलफल गरि विभिन्न महत्त्वपूर्ण निर्णयहरुपारित गरेको छ । पहिलो भर्चुअल मार्फत बैठकका प्रमुख अतिथि निवर्तमान प्रमुख सल्लाहकार एवंवर्तमान संरक्षक समिति सदस्य डेर राज गुरुङले निर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गरेका थिए।
बैठक समापन तमु समाज युएईका अध्यक्ष नन्द जङ्ग गुरुङले गरेको थियो ।
