
परदेशी खबर / २४ जुलाई, कुवेत। गैर-आवासीय नेपाली संघ, एन आर एन ए बहराईनको आठौं महाधिवेशनबाट पुन:लक्ष्मी गिरि निर्वाचित भएको छ।
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराइनको आठौँ महाधिवेशनबाट २०२१-२३ को लागि अध्यक्ष, महासचिव, सचिव र कोषअध्यक्षको लागि अनलाइन प्रक्रियाबाट मतदान भएको थियो। सो अवसरमा अध्यक्षमा गिरि निर्वाचित भएको छ भने महासचिव सचिव र कोषअध्यक्षमा क्रमश: राजकुमार श्रेष्ठ विरेन्द्र बुढाथोकी र भावाना आचार्य पन्त निर्वाचित भएको हो।
त्यस्तै आइसीसी सदस्य दिनेश बहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष अमर श्रेष्ठ, उपाध्यक्ष द्वय तिर्थ बहादुर भण्डारी र युवराज प्याकुरेल, महिला उपाध्यक्ष कृष्ण कुमारी गुरुङ, सह सचिव कृष्ण कुमार गैरे, महिला संयोजक संगीता खत्री, सह कोषअध्यक्ष दीप विक्रम राना र युवा संयोजक सन्त कुमार न्यौपाने निर्विरोध रुपमा निर्वाचित भएको छ।
दश जना कार्यसमिति सदस्य रहने सदस्यहरुमा तिलक बहादुर कार्की, दिपक बहादुर दर्जी, शुसिका खत्री, रुक्मणि उप्रेती,मिना तामाङ्ग, फलाम सिंह लामा, सुर्य भण्डारी गइ सात जना चयन भएको छ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराईनको आठौं महाधिवेशन २३ जुलाई शुकबारको दिन सम्पन्न भएको हो। राजकुमार बस्नेत संयोजक रहेको निर्वाचन समितिमा छविलाल विक र झाहरमान थेवे सदस्य रहेको थियो।

