परदेशी खबर/ २७ फेबुअरी । मितेरी समाज युएईले संस्थाको कोषको रकम दुरुपयोग गरेको भन्दै २०१९ तिज कार्यक्रमका संयोजक एवं संस्थाका वरिष्ठ उपाध्यक्ष दिब्या सुब्बा र कोषाध्यक्ष सुरेश बर्तौलाको नाममा विज्ञप्ति जारी गर्दै सदस्य समेत नरहने गरि निष्कासित गएको छ।
मितेरी समाज युएईले २०१९ को तीज कार्यक्रमको अहिले सम्म कुनै पनि समिक्षा नभएको संस्थाको सदस्यहरु बिच पहिला दुई पट्क बसेको समीक्षा बैठक बाट कुनै निष्कर्ष निकाल्न नसकेको कारण कार्यसमितिका सदस्यहरु खुशी नभएको र बाराम्बार कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष दिब्या सुब्बा र कोषाध्यक्ष सुरेश बर्तौला लाई हिसाब क्लीयर देखाउन सल्लाह दिए पनि बेवास्ता गरि नदेखाएको भन्दै कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष दिब्या सुब्बा र कोषाध्यक्ष सुरेश बर्तौला लाई कार्यसमिति को सदस्य समेत नरहने गरि निष्कासित गरेको बिज्ञप्तीमा जनाएको छ ।
मितेरी समाज युएई द्वारा प्रकाशित विज्ञप्ति यस प्रकार छ।
उपरोक्त सम्बन्धमा मिति ३०/०८/ २०१९ गते लयली हस्पिलाटी जवलदौर अलऐनमा भएको तीज सांस्कृतिक कार्यक्रमका संयोजक तथा केन्द्रीय बरिष्ठ उपाध्यक्ष सु.श्री दिब्या सुब्बा, साथै केन्द्रिय कोषाध्यक्ष श्री सुरेश बर्तौला ज्यू लाई आज भन्दा डेढ बर्ष पहिला देखी नै बारम्बार खबर गराउदा पनि तीज कार्यक्रमको हिसाब किताब सही ढंगले प्रस्तुत गर्नको निमित्त जानकारी गराउदै आउदा पनि वहाँहरुको बेवास्थाको कारण आर्थिक हिनामिना गरिएको ठहर भएकोले मिति ११/०२/२०२१ को दिन संरक्षक श्री मोहन बुढाथोकी मगर ज्युको संयोजकता र केन्द्रिय अध्यक्ष श्री प्रदिप पुन मगर ज्युको सभापतित्वमा बसेको जुम बैठक बाट तीज कार्यक्रमका संयोजक तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुश्री दिब्या सुब्बा साथै केन्द्रीय कोषाध्यक्ष श्री सुरेश बर्तौला ज्यू लाई मितेरी समाज यूएईको केन्द्रीय समितिको सदस्य समेत नरहने गरि मितेरी समाज बाट निष्कासित गरिएको जानकारी गराउदछौं। ।
नोट :- आज मिति देखी कुनै पनि संस्थाले वहाँहरु संग आर्थिक वा कुनै किसिमको कार्य गरे मितेरी समाज युएई जवाफदेही हुने छैन ।
