काठमान्डौ। काठमाडौंस्थित जर्मन दूतावासले राहदानी (पासपोर्ट) खरिद प्रकरणसँग जोडिएर सार्वजनिक भएका केही समाचारहरू गलत र भ्रामक रहेको भन्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। बुधबार एक सूचना जारी गर्दै दूतावासले यस प्रकरणका सम्भावित परिणाम वा कारबाहीलाई लिएर नेपाललाई कुनै पनि किसिमको चेतावनी नदिएको प्रस्ट पारेको हो।
सञ्चारमाध्यममा आएका तथ्यहरू त्रुटिपूर्ण रहेको औंल्याउँदै दूतावासले तीन बुँदे स्पष्टीकरणमार्फत स्थिति प्रस्ट पारेको छ। जर्मनीका अनुसार बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा नियमित छलफलका लागि मात्र आमन्त्रण गरिएको हो, स्पष्टीकरण सोध्नका लागि बोलाइएको होइन। कूटनीतिक अभ्यासमा यी दुई प्रक्रियाबीच स्पष्ट भिन्नता हुने कुरालाई समेत दूतावासले जोड दिएको छ।
https://www.facebook.com/share/p/1HSo5rV3oW/
