आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

साउदीलाई नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रिया तत्काल रोक्न श्रम मन्त्री यादवको आग्रह

परदेशी खबर २०८३ अषाढ १३, शनिबार मा प्रकाशित ( ४ हफ्ता अघि) ९७ पाठक संख्या

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले साउदी अरबले कार्यान्वयनमा ल्याउन लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभीपी) प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्। नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मनिकरसँग भएको शिष्टाचार भेटका क्रममा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन्।

बिज्ञापन (Sponsored)

भेटघाटका क्रममा मन्त्री यादवले सीप प्रमाणीकरण प्रक्रियाका कारण साउदी जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरूको भिसा प्रक्रिया प्रभावित नगरिदिन समेत राजदूत मनिकरसँग अनुरोध गरेका छन्। सीप प्रमाणीकरणसम्बन्धी प्राविधिक अन्योलताका कारण धेरै नेपाली श्रमिकहरू समस्यामा परेको भन्दै उनले श्रमिकहरूको रोजगारी गुम्ने वा अवरोध सिर्जना हुने वातावरण बन्न नदिन साउदी सरकारको ध्यानाकर्षण गराएका हुन्। मन्त्री यादवले नेपाली श्रमिकहरूको रोजगारी सुरक्षित र सहज बनाउने वातावरण सुनिश्चित गर्नका लागि कुटनैतिक पहलकदमी लिएको उनको सचिवालयले जनाएको छ।