आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

भीष्मराज आङ्देम्बेको नेतृत्वमा नेपाली कांग्रेस संसदीय दलको पहिलो बैठक, संसद्मा थप सक्रिय हुने प्रतिबद्धता

परदेशी खबर २०८३ अषाढ ६, शनिबार मा प्रकाशित ( १ महिना अघि) ९० पाठक संख्या

प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको पहिलो बैठक असार ६ गते काठमाडौंमा सम्पन्न भएको छ। गत वैशाख १४ गते कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिबाट भीष्मराज आङ्देम्बे दलको नेता चयन भएको ५५औं दिनमा यो बैठक बसेको हो। दलको नेतामा चयन भएपछि आङ्देम्बेले पहिलो पटक संसदीय दल कार्यसमितिको बैठक बोलाएका हुन्।

बिज्ञापन (Sponsored)

आङ्देम्बेको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टीका तर्फबाट संसद्मा उठाइएका विभिन्न विषय, हालसम्मका संसदीय गतिविधि र सरकारको सय दिने प्रतिबद्धताबारे विस्तृत समीक्षा गरिएको छ। बैठकमा सहभागी महामन्त्री प्रदीप पौडेलका अनुसार सरकारले सय दिनभित्र गर्ने भनी गरेका कामको प्रतिबद्धता र राष्ट्रिय महत्वका साथै जनजीविकाका विषयलाई संसद्मा कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्नेबारे छलफल भएको थियो।

यस्तै, संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले कांग्रेस सांसदहरूले जनताका सवालहरू पटक-पटक संसद्मा उठाइरहेको उल्लेख गर्दै अहिलेसम्मका गतिविधि कति प्रभावकारी भए र सरकारले त्यसमा कति ध्यान दियो भन्नेबारे समीक्षा गरिएको जानकारी दिए। बैठकले आगामी दिनमा थप ऊर्जा र सक्रियताका साथ संसद्मा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।