आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज भेटवार्ता, यी हुन् छलफलका मुख्य चार एजेन्डा

परदेशी खबर २०८३ अषाढ १, सोमबार मा प्रकाशित ( १ महिना अघि) ११२ पाठक संख्या

काठमान्डौ। चारदिने औपचारिक भ्रमणका लागि चीनमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज (सोमबार) साँझ भेटवार्ता हुँदैछ। शनिबार राति बेइजिङ आइपुगेका मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री यीबीच हुने यस उच्चस्तरीय भेटवार्तामा दुई देशबीचको आपसी हित र सहकार्यका विविध पक्षमा केन्द्रित रहेर छलफल हुने चीनस्थित नेपाली दूतावासले जनाएको छ।

बिज्ञापन (Sponsored)

यसअघि आइतबार साँझ बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित रात्रिभोज तथा विशेष अन्तरक्रिया कार्यक्रममा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट गरेका थिए। उक्त अवसरमा उनले विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन र नेपालमा लगानी भित्र्याउन आग्रह गरे।

सोही कार्यक्रममा मन्त्री खनालले चिनियाँ समकक्षीसँगको भेटमा नेपालले मुख्य गरी चारवटा क्षेत्रलाई प्राथमिकतामा राखेर छलफल गर्ने स्पष्ट पारेका छन्। उनका अनुसार यस पटकको भ्रमणमा पर्यटन, व्यापार, पूर्वाधार र कनेक्टिभिटी (सञ्जाल विस्तार) लाई प्रमुख एजेन्डा बनाइनेछ। यसका साथै बहुचर्चित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका सम्भावित विषय र कार्यान्वयनका चरणहरूका बारेमा पनि चिनियाँ पक्षसँग महत्त्वपूर्ण कुराकानी हुने संकेत मन्त्री खनालले दिएका छन्। यस भ्रमणले नेपाल र चीनबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।