कुवेत सिटी। उज्यालो नेपाल पार्टी प्रवास कमिटी कुवेतको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। कुवेतको फर्वानियामा शुक्रवार आयोजित विशेष भेलाले महेश लामाको संयोजकत्वमा २५ सदस्यीय प्रवास कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।
उमेश कुमार पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा श्रम संस्कृति प्रवासी पार्टीकी अध्यक्ष इन्दिरा राई, उपाध्यक्ष पवल राई, उदयपुर मिलिजुली समाजका सचिव रमेश बि.क., नेपाली कांग्रेस रुपन्देहीका क्षेत्रीय प्रतिनिधि मोहम्मद इलियास तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास सम्पर्क विभाग प्रमुख मोहन लुइँटेल लगायतका अतिथिहरूले उपस्थिति जनाउँदै आफ्नो मन्तव्य राख्नुभएको थियो।
नवनिर्वाचित संयोजक महेश लामाले आफूलाई विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी सुम्पिने प्रवास कमिटीका सम्पूर्ण सदस्यहरू, उपस्थित अतिथि तथा सहयोगीहरूलाई हृदयदेखि नै आभार एवं धन्यवाद प्रकट गर्नुभएको छ। उहाँले आगामी दिनमा प्रवासी नेपालीहरूको हकहित र पार्टीको एजेन्डालाई प्रवासमा अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
