आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

निरकाजी गुरुङको कौडा गीत “संगै जिउने सार्वजनिक

परदेशी खबर २०८३ जेष्ठ २३, शनिबार मा प्रकाशित ( १ महिना अघि) ३२१ पाठक संख्या

काठमाण्डौ। नेपालको सोलुखुम्बु बासी हाल बेलायतमा रहेर पनि आफ्नो संस्कार संस्कृति,पहिचान र मौलिकता लाई गीत संगीत मार्फत सबै सामु पुर्‍याउन लागी परेका निरकाजी गुरुङले आफ्नै शब्द रहेको कौडा गीत “संगै जिउने” सार्वजनिक गरेका छन् ।

बिज्ञापन (Sponsored)

गायक नवराज थापा मगर र गायिका मेलिना राईको आवाज रहेको उक्त गीत निरकाजी गुरुङ’ युट्युब च्यानल बाट शुक्रबार सार्वजनिक गरेका हुन् । गीतमा निरकाजी गुरुङको शब्द , युनिक थापामगरको संगीत रहेको छ भने संगीत संयोजन /ध्वनि मुन्द्रण दिवेश राईले गरेका छन।

त्यसैगरी सम्पादन /पोस्टर डिजाइन असिम चन्द्र बिश्वकर्मा ,मिक्सिङ / मास्टरिङ रन्जन राई,सिनेमाटोग्राफी/ ड्रोन / कलर पवन सुस्लिङले गरेका हुन ।पोस्टर पदमा इन्टरटेन्मेन्टले गरेको हो भने गीत महोल स्टुडियोमा रेकर्ड गरिएको हो।
उक्त म्युजिक भिडियोमा गणेशमान घले र एलिना गुरुङको मुख्य अभिनय रहेको छ भने भिडियो आशिष गुरुङको कोरियोग्राफी र निर्देशनमा बनेको हो।
निरकाजी गुरुङले यस अगाडी पनि झ्यारे गीत बजारमा ल्याई सकेका छ ।