आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

काठमाडौँ महानगरको कक्षा ११ र १२ छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशन, १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

परदेशी खबर २०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित ( १ महिना अघि) ७१ पाठक संख्या

काठमाडौँ महानगरपालिकाले लिएको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ। महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०८३/०८४ मा अध्ययन गर्ने विद्यार्थीका लागि आइतबार लिइएको परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन गरिएको हो।

बिज्ञापन (Sponsored)

छात्रवृत्ति परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालका अनुसार परीक्षामा सहभागी कुल २२ हजार परीक्षार्थीमध्ये १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यताक्रम (मेरिट लिस्ट) सहितको नतिजा सार्वजनिक गरिएको हो।

परीक्षार्थीहरूले आफूले प्राप्त गरेको अंक (स्कोर) हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्नका लागि अनलाइन फाराम भरेको पोर्टलमा जानुपर्नेछ। उक्त पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड राखेर सजिलै नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ। साथै, सार्वजनिक भएको प्रारम्भिक नतिजामा चित्त नबुझ्ने विद्यार्थीहरूका लागि पुनर्योग (Re-totaling) को अवसर समेत दिइएको छ। पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ २० गतेभित्र निवेदन दिइसक्नुपर्ने संयोजक ढकालले जानकारी दिनुभयो।