कुवेत। “सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मूल नाराका साथ सन् २०१३ मा स्थापना भएको लुम्बिनी समाज नेपाल-कुवेतले आफ्नो १३औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ। समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा आगामी १२ जुन २०२६, शुक्रबारका दिन ‘१३औं वार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको हो।
नेपाली समुदायबीच भाइचारा, एकता र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रम आगामी जुन १२ तारिख, शुक्रबार बिहान ठीक ९:०० बजेदेखि सुरु हुने आयोजकले जनाएका छन्।
अन्तर-संस्था समन्वयका लागि आग्रह
आयोजक लुम्बिनी समाज नेपाल-कुवेतले कुवेतमा क्रियाशील अन्य नेपाली संघ-संस्थाहरूलाई उक्त दिन कार्यक्रम नजुधाइदिन विशेष आग्रह गरेको छ। प्रवासमा हुने यस्ता साझा सामाजिक र खेलकुद कार्यक्रमहरूलाई सफल पार्न पारस्परिक समन्वय महत्त्वपूर्ण रहने भन्दै समाजले यो अनुरोध गरेको हो।
उपस्थितिका लागि हार्दिक निमन्त्रणा
आयोजक टिमले कुवेतमा क्रियाशील सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, विभिन्न नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सञ्चारकर्मी एवं सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई खेलको भरपूर मनोरञ्जन लिनुका साथै कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ।
यातायात र कार्यक्रम स्थलको विवरण:
सर्वसाधारणलाई आवतजावतमा सहज होस् भन्नका लागि सार्वजनिक बसको सुविधा उपलब्ध रहेको ठाउँलाई कार्यक्रम स्थल चयन गरिएको छ।
स्थान: अबु हलिफा स्टेडियम (कुवेत टेक्निकल कलेज), ब्लक-२, स्ट्रिट-५, कुवेत।
पहुँच (Public Bus): बस नम्बर १०६ र ४० मार्फत उक्त स्थानमा सजिलै पुग्न सकिनेछ।
मिति र समय: १२ जुन २०२६, शुक्रबार (बिहान ९:०० बजेदेखि)
विस्तृत जानकारी तथा सम्पर्कका लागि:
कार्यक्रम र खेल प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि आयोजक समितिका पदाधिकारी तथा कार्यक्रम संयोजकलाई तल उल्लेखित नम्बरहरूमा सिधै सम्पर्क गर्न सकिने जनाइएको छ:
नेत्र पेमी मगर (कार्यक्रम संयोजक): +965 6697 0376
रमेश पाल्पाली: +965 9792 1783
अशोक ओस्ती: +965 6553 9781
अमृत गुरुङ: +965 9918 5730
कृष्ण पुन: +965 50791494
