आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

३२ औं पटक सगरमाथाको चुचुरोमा कामिरिता, आफ्नै विश्व कीर्तिमान भंग

परदेशी खबर २०८३ जेष्ठ ३, आईतबार मा प्रकाशित ( २ महिना अघि) १२३ पाठक संख्या

काठमाडौँ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमा कीर्तिमानी आरोही कामिरिता शेर्पाले नयाँ इतिहास रचेका छन्। ५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे ३२ औं पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। यससँगै उनले सर्वाधिक धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नै अघिल्लो विश्व कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन्।

बिज्ञापन (Sponsored)

पर्वतारोहण एजेन्सी सेभेन समिट ट्रेक्सका अनुसार आज बिहान सफल आरोहण गरेपछि कामिरिता र उनको टोली अहिले सुरक्षित रूपमा आधार शिविर (बेसक्याम्प) तर्फ ओर्लिने क्रममा रहेको छ। ‘एभरेष्ट म्यान’ को उपनामले विश्वभर चर्चित कामिरिताले सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका थिए। सन् २०२६ सम्म आइपुग्दा उनले पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन्।

नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकका रूपमा रहेका कामिरिताको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा उनको भव्य स्वागतको तयारी सुरु गरिएको छ।