आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा हुने

परदेशी खबर २०८३ बैशाख ३०, बुधबार मा प्रकाशित ( २ महिना अघि) ११० पाठक संख्या

काठमान्डौ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असारमा आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गरेको छ। काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाको प्रथम महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा भव्य रूपमा आयोजना गरिनेछ।

बिज्ञापन (Sponsored)

बैठकले महाधिवेशनको तयारीका लागि आवश्यक विविध एजेण्डाहरूमाथि विस्तृत छलफल गर्नुका साथै सांगठनिक सुदृढीकरणका विषयमा समेत निर्णय गरेको छ। यसअघि आम निर्वाचन सम्पन्न भएको ६ महिनाभित्रै महाधिवेशन गर्ने सैद्धान्तिक लक्ष्य राखेको रास्वपाले अहिले आएर ठोस कार्यतालिका सार्वजनिक गरेको हो। स्थापनाको छोटो समयमै नेपाली राजनीतिमा प्रभावकारी उपस्थिति जनाएको रास्वपाका लागि यो महाधिवेशनलाई नयाँ नेतृत्व चयन र नीतिगत प्रस्टताका हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। चितवनमा हुने यस महाधिवेशनमा देशभरका प्रतिनिधिहरूको सहभागिता रहने र यसले पार्टीको आगामी कार्यदिशा तय गर्ने प्रवक्ता झाले जानकारी दिनुभयो।