आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

प्रधानन्यायाधीश सिफारिसअघि विश्वप्रकाशको चेतावनी: सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ

परदेशी खबर २०८३ बैशाख २४, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ८८ पाठक संख्या

काठमान्डौ। संवैधानिक परिषद्को बैठकबाट नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी भइरहँदा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गम्भीर प्रश्न उठाएका छन्। वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्न लागिएको चर्चा चुलिएका बेला शर्माले सामाजिक सञ्जालमार्फत सत्ता पक्षका नेताहरूलाई सचेत गराएका हुन्।

बिज्ञापन (Sponsored)

शर्माले विशेषगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अन्य जिम्मेवार नेताहरूलाई मेन्सन गर्दै ‘विगतका गल्ती सच्याउने’ कुरा गर्ने तर व्यवहारमा ‘उत्तर कोरिया’ को प्रवृत्ति पछ्याउन खोजेको भन्दै आलोचना गरेका छन्। ८० वर्षको न्यायिक इतिहासमा पञ्चायत कालमा समेत नभएको अलोकतान्त्रिक कदमको धब्बा नबोक्न उनले आग्रह गरेका छन्।

सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्नेमा जोड दिँदै शर्माले संवैधानिक परिषद्मा बहुमतका लागि स्पष्ट बहुसंख्या हुनुपर्ने कानुनी र नैतिक मान्यतालाई नमिच्न चेतावनी दिएका छन्। प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा आएको शर्माको यो टिप्पणीले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ।