काठमाण्डौ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग एकताका लागि गम्भीर छलफल भइरहेको खुलासा गरेका छन्। बुधबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष घिसिङले साम्पाङको तर्फबाट एकताको प्रस्ताव आएको र त्यसबारे सकारात्मक ढंगले वार्ता अगाडि बढिरहेको जानकारी दिए।
नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्य हुनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले सशक्त उपस्थिति जनाउने बताए। परिस्थिति र आवश्यकताका आधारमा पार्टी एकता, कार्यगत एकता वा एक्लै चुनावी मैदानमा उत्रिने विकल्पहरू खुला रहेको उनको भनाइ छ। घिसिङले स्थानीय तहमा धेरै स्थान जित्ने गरी तयारी भइरहेको दाबी गर्दै श्रम संस्कृति पार्टीसँगको संवाद निरन्तर जारी रहेको र समयअनुसार उचित निर्णय लिइने स्पष्ट पारे।
