आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

भारतमा व्यावसायिक एलपी ग्यासको मूल्यमा भारी वृद्धि, प्रतिसिलिन्डर ३ हजार नाघ्यो

परदेशी खबर २०८३ बैशाख २०, आईतबार मा प्रकाशित ( २ महिना अघि) ९८ पाठक संख्या

काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण छिमेकी मुलुक भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने १९ किलोग्रामको एलपी ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ मूल्य प्रणाली गत शुक्रबारदेखि नै लागू भइसकेको छ, जसअनुसार एकैपटक प्रतिसिलिन्डर ९ सय ९३ भारतीय रुपैयाँ बढाइएको हो।

बिज्ञापन (Sponsored)

यस भारी वृद्धिसँगै अब भारतमा व्यावसायिक ग्यास सिलिन्डरको मूल्य ३,०७१.५० भारतीय रुपैयाँ पुगेको छ। मध्यपूर्वमा तनाव सुरु भएयता व्यावसायिक ग्यासको मूल्य बढेको यो तेस्रो पटक हो। यसअघि मार्च महिनामा प्रतिसिलिन्डर १४४ र अप्रिल १ मा २०० भारतीय रुपैयाँले मूल्य वृद्धि गरिएको थियो। ग्यासको मूल्यमा भएको यो बढोत्तरीले विशेषगरी होटल, रेस्टुरेन्ट तथा औद्योगिक प्रतिष्ठानहरूलाई प्रत्यक्ष असर पुर्‍याउने र खाद्य सामग्रीको लागत बढ्न सक्ने अनुमान गरिएको छ।

भारतले आफ्नो कुल मागको ६० प्रतिशतभन्दा बढी एलपी ग्यास संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र कुवेत जस्ता खाडी मुलुकहरूबाट आयात गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ऊर्जाको मूल्यमा आएको उत्तारचढावका कारण आपूर्ति व्यवस्था मिलाउन मूल्य समायोजन गर्नुपरेको अधिकारीहरूको भनाइ छ। यद्यपि, भारत सरकारले व्यावसायिक र घरायसी दुवै प्रयोजनका लागि ग्यासको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा समस्या नहुने दाबी गरेको छ।