आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

सल्यानमा प्रहरी भवनको जग खन्दा ८६ थान बम र विस्फोटक पदार्थ फेला

परदेशी खबर २०८३ बैशाख १९, शनिबार मा प्रकाशित ( २ महिना अघि) ११७ पाठक संख्या

सल्यान, १९ वैशाख । जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा पुराना बम र विस्फोटक पदार्थ फेला परेका छन्। शारदा नगरपालिका–३ स्थित कार्यालय परिसरमा भवनको घडेरी खन्ने क्रममा ८६ थान बम र अन्य युद्धकालीन सामग्रीहरू फेला परेका हुन्।

बिज्ञापन (Sponsored)

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (DSP) डा. हेमबहादुर केसीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एउटा बोतल बम फेला परेको छ। सुरुमा जग खन्दा शंकास्पद वस्तु देखिएपछि तत्काल सुरक्षा सतर्कता अपनाउँदै उत्खनन कार्य अघि बढाइएको थियो।

नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गरेको विस्तृत उत्खननका क्रममा बमका अतिरिक्त सात थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ (बारुद), बम बनाउन प्रयोग गरिने दुई किलो कच्चा सामग्री र १० मिटर फायरिङ केबल समेत बरामद गरिएको छ। फेला परेका यी सामग्रीहरू द्वन्द्वकालमा लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको छ। अहिले उक्त क्षेत्रलाई सुरक्षित राख्दै थप अनुसन्धान र व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।