आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

अमेरिकी राष्ट्रपतिका विशेष दूत गोर आज काठमाडौं आउँदै

परदेशी खबर २०८३ बैशाख १७, बिहिबार मा प्रकाशित ( २ महिना अघि) १११ पाठक संख्या

काठमान्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिओ गोर आज काठमाडौं आउँदै छन्। राष्ट्रपति ट्रम्पका मध्य र दक्षिण एसियाली मामिला हेर्ने विशेष दूतका रूपमा उनी नेपाल आउन लागेका हुन्। ट्रम्पका निकट सहयोगी मानिने गोर भारतका लागि अमेरिकी राजदूत समेत हुन्।

बिज्ञापन (Sponsored)

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गोरले बिहीबार नेपालका दुई मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग भेट गर्नेछन्। यी भेटघाटहरूमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध पक्षमा छलफल हुने बताइएको छ।

काठमाडौंमा हुने औपचारिक भेटघाटपछि गोर सगरमाथा आधार शिविर जाने कार्यक्रम समेत रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए। यद्यपि, उनले प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने वा नगर्ने भन्ने विषयमा भने अहिलेसम्म ठोस निर्णय भइसकेको छैन।

यसअघि वैशाखको पहिलो साता अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले पनि नेपालको भ्रमण गरेका थिए। पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण बाक्लिएको छ, जसलाई कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।