आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

रास्वपा संसदीय दलको बैठक आज बस्दै, उपत्यकामा रहेका सांसदलाई उपस्थित हुन आग्रह

परदेशी खबर २०८३ बैशाख १६, बुधबार मा प्रकाशित ( २ महिना अघि) ९२ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो ।

बिज्ञापन (Sponsored)

बैठकमा सहभागी हुन काठमाडौं उपत्यकामा उपलब्ध रहेका सबै सांसदहरूलाई विशेष आग्रह गरिएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, यो बैठकमा पार्टी सभापति रवि लामिछानेको पनि उपस्थिति रहनेछ । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्नका लागि अनौपचारिक संवादको स्वरूपमा यो बैठक बोलाइएको हो ।

बैठकमा पार्टीको आगामी रणनीति र संसदीय भूमिकाका विषयमा पनि विचार-विमर्श हुने बताइएको छ । यसअघि रास्वपाले विभिन्न राजनीतिक मुद्धाहरूमा आफ्नो धारणा स्पष्ट पार्दै आएको सन्दर्भमा आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।