काठमाडौ – नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले ओरालो लागेको हो ।
महासंघले मंगलबारका लागि निर्धारण गरेको नयाँ दरभाउ अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँको ऐतिहासिक विन्दुमा पुगेर कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६० रुपैयाँ तोकिएको छ ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४५ रुपैयाँ रहेको थियो । आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
