आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

राजधानीका सुकुमबासी बस्तीमा डोजर अभियान जारी: सार्वजनिक जग्गा खाली गराइँदै

परदेशी खबर २०८३ बैशाख १४, सोमबार मा प्रकाशित ( ३ महिना अघि) ११६ पाठक संख्या

काठमाडौँ— काठमाडौँ उपत्यकाभित्रका विभिन्न सुकुमबासी बस्तीमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानले सोमबार पनि निरन्तरता पाएको छ। सम्बन्धित निकायले शनिबारदेखि सुरु गरेको डोजर परिचालन कार्यलाई आज थप तीव्र पारेको हो।

बिज्ञापन (Sponsored)

काठमाडौँको गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानैदेखि दुईवटा डोजर प्रयोग गरी अवैध संरचनाहरू हटाउन थालिएको छ। गैरीगाउँ र थापाथली क्षेत्रमा शनिबारदेखि नै डोजर चलाइएको भए पनि केही भाग बाँकी रहेकाले आज पुनः कार्य सुचारु गरिएको हो।

यता भक्तपुरतर्फको मनोहरा सुकुमबासी बस्तीमा भने ठूलो संख्यामा डोजर परिचालन गरिएको छ। आइतबार बिहानदेखि सुरु भएको बस्ती हटाउने क्रममा आज १७ वटा डोजरले एकसाथ घर-टहर भत्काइरहेका छन्। सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने क्रममा सम्भावित तनावलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था समेत कडा पारिएको छ। सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुरूप यो कदम चालेको जनाएको छ।