आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

निषेधित क्षेत्रमा हेलिकोप्टर उद्धार उडानका लागि पूर्वअनुमति नचाहिने

परदेशी खबर २०८३ बैशाख १०, बिहिबार मा प्रकाशित ( ३ महिना अघि) १३८ पाठक संख्या

काठमान्डौ। सरकारले मानवीय संवेदनशीलता र उद्धार कार्यलाई सहज बनाउन संवेदनशील तथा निषेधित क्षेत्रमा हुने हेलिकोप्टर उडानको प्रक्रियामा ठुलो फेरबदल गरेको छ। ‘निषेधित क्षेत्रमा हेलिकोप्टर उडानसम्बन्धी कार्यप्रक्रिया–२०७५’ को बुँदा ५ मा संशोधन गर्दै अब विपद् उद्धार र राहतका लागि निजी हेलिकोप्टरले सरकारको पूर्वअनुमतिबिना नै उडान भर्न पाउने व्यवस्था गरिएको हो।

बिज्ञापन (Sponsored)

नयाँ व्यवस्थाअनुसार, बिरामी वा दुर्घटनामा परेका व्यक्तिको तत्काल उद्धार गर्नुपर्ने अवस्थामा सिधै उडान गर्न सकिनेछ र उडान सम्पन्न भएको २४ घण्टाभित्र गृह मन्त्रालयलाई जानकारी गराउँदै आवश्यक कागजात पेस गरे पुग्नेछ। यसअघि यस्ता क्षेत्रमा उडान भर्नुअघि अनिवार्य अनुमति लिनुपर्ने लामो कागजी प्रक्रियाका कारण समयमै उद्धार हुन नसकेको भन्दै वायुसेवा सञ्चालक संघले प्रक्रिया हटाउन माग गर्दै आएको थियो। यद्यपि, यो खुकुलो व्यवस्थाले सुरक्षा संवेदनशीलता बढ्ने र ‘फेक रेस्क्यु’ जस्ता कार्यको दुरुपयोग हुन सक्ने भन्दै भूराजनीतिक विश्लेषकहरूले भने चिन्ता व्यक्त गरेका छन्।