आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपाल ‘ए’ र ओमान बीचको अभ्यास खेल सुरु: नेपालले बलिङ गर्दै

परदेशी खबर २०८३ बैशाख ९, बुधबार मा प्रकाशित ( ३ महिना अघि) १४३ पाठक संख्या

काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टोलीबीचको दुई खेलको शृङ्खला अन्तर्गत आज पहिलो खेल सुरु भएको छ। खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल ‘ए’ टोलीले सुरुआती बलिङको निम्तो पाएको छ।

बिज्ञापन (Sponsored)

वैशाख १२ गतेदेखि सुरु हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पूर्वसन्ध्यामा ओमानले तयारी स्वरूप नेपाल ‘ए’ सँग यो अभ्यास खेल खेलेको हो। लिग–२ को उक्त त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र युएई सहभागी हुँदैछन्।