आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी भने कायमै रहने

परदेशी खबर २०८३ बैशाख ९, बुधबार मा प्रकाशित ( ३ महिना अघि) १५३ पाठक संख्या

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने घोषणा गर्नुभएको छ। पाकिस्तानी मध्यस्थकर्ताको आग्रहमा तेहरानलाई ठोस प्रस्ताव ल्याउन थप समय दिने उद्देश्यले तत्कालका लागि सैन्य आक्रमणको योजना रोकिएको ट्रम्पले बताउनुभएको हो।

बिज्ञापन (Sponsored)

सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले इरानको तर्फबाट स्पष्ट प्रस्ताव नआएसम्म युद्धविराम थपिने तर सामुद्रिक नाकाबन्दी र सैन्य तयारी भने कायमै रहने प्रष्ट पार्नुभएको छ। यसअघि युद्धविरामको पक्षमा नरहेका ट्रम्पको यो निर्णयलाई कूटनीतिक वृत्तमा ‘नाटकीय परिवर्तन’का रूपमा हेरिएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले यो कदमको स्वागत गर्दै वार्ताबाटै समाधान खोजिने बताउनुभएको छ भने इरानले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ।