काठमाडौं । अमेरिकी प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलले जोन टर्नसलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
टर्नसले आगामी सेप्टेम्बर १ देखि वर्तमान सीईओ टिम कूकको जिम्मेवारी सम्हाल्नेछन् भने कूक कम्पनीको कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन्। सन् २००१ देखि एप्पलमा आबद्ध टर्नसले यसअघि हार्डवेयर इन्जिनियरिङको वरिष्ठ उपाध्यक्षका रूपमा आइफोन, म्याक र आइप्याड जस्ता महत्वपूर्ण उत्पादनहरूको विकासमा नेतृत्वदायी भूमिका खेलेका छन्। पेन्सिलभेनिया विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका टर्नसको नेतृत्वमा एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रतिस्पर्धामा नयाँ उचाइ लिने विश्वास गरिएको छ।
