आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

हर्मुज जलसन्धिमा जहाजहरूको आवागमन पुनः सक्रिय, वैश्विक ऊर्जा आपूर्तिमा सुधारको संकेत

परदेशी खबर २०८३ बैशाख ५, शनिबार मा प्रकाशित ( ३ महिना अघि) १५४ पाठक संख्या

काठमाडौँ । विश्व ऊर्जा आपूर्तिको प्रमुख नाकाका रूपमा चिनिने हर्मुज जलसन्धिमा जहाजहरूको आवागमन फेरि सक्रिय हुन थालेको छ। पछिल्लो समय देखिएका अवरोध र सुरक्षा चासोका बीच यस महत्वपूर्ण सामुद्रिक मार्गमा व्यावसायिक जहाजहरूको चहलपहल बढ्नुलाई सकारात्मक रूपमा लिइएको छ।

बिज्ञापन (Sponsored)

जहाज ट्र्याकिङ सेवा ‘मरिन ट्राफिक’ का अनुसार हाल यस मार्ग हुँदै तेल, तरल पेट्रोलियम ग्यास (एलपीजी) र विभिन्न रसायन बोकेका जहाजहरू नियमित रूपमा आवतजावत गरिरहेका छन्। वैश्विक व्यापार र विशेषगरी ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिने यस जलसन्धिमा गतिविधि बढ्नुले विश्वव्यापी आपूर्ति प्रणाली पुनः सामान्य लयमा फर्कन लागेको संकेत गरेको छ।

मध्यपूर्वका तेल उत्पादक राष्ट्रहरूलाई विश्व बजारसँग जोड्ने यो सबैभन्दा व्यस्त जलमार्ग हो। यहाँबाट हुने आपूर्तिमा सामान्य अवरोध आउँदा पनि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ।

यद्यपि, क्षेत्रको सुरक्षा अवस्था र पछिल्लो भू-राजनीतिक घटनाक्रमबारे थप विवरणहरू क्रमशः सार्वजनिक हुँदै जाने अपेक्षा गरिएको छ। हालका लागि जहाजहरूको निर्वाध आवागमनले विश्व अर्थतन्त्र र ऊर्जा क्षेत्रमा राहत पुग्ने देखिएको छ।