आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

मरेको कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको मृत्यु

परदेशी खबर २०८३ बैशाख ५, शनिबार मा प्रकाशित ( ३ महिना अघि) १३२ पाठक संख्या

कैलालीको चुरे गाउँपालिका–३, भक्तपुरमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ। स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको मरेको कुखुराको मासु खाएपछि बिरामी परेका ८ वर्षीय भीम ताम्राकार र उनका दाजु दीपकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बिज्ञापन (Sponsored)

सोही मासु खाएर गम्भीर बिरामी परेकी आमा राधिका र ३ वर्षीय भाइ दीपेशको भने हाल सोही अस्पतालमा उपचार भइरहेको छ। वैशाख ३ गते मासु खाएका उनीहरू बिरामी परेको खबर ढिलो गरी प्राप्त भएपछि प्रहरीको समन्वयमा अस्पताल पुर्‍याइएको थियो। घटनापछि फार्म सञ्चालक मङ्गल साउँदले प्रहरीमा उपस्थित भई बयान दिएका छन् भने यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।