आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन अगस्ट १५ मा हुँदै

परदेशी खबर २०८२ अषाढ २५, बुधबार मा प्रकाशित ( १ साल अघि) ५१४ पाठक संख्या

कुवेत । नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन अगस्ट १५ मा हुने भएको छ । २०२५ भव्य रूपमा मनाइने भएको छ। अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी दिवसलाई पनि सोही अवसरमा भब्य रुपमा मनाउने भएको छ ।

बिज्ञापन (Sponsored)

“संस्कृति र परम्परामा गर्व गरौं, आदिवासी समुदायको संरक्षण गरौं” भन्ने नारासहित आयोजना हुने कार्यक्रम २०२५ अगस्ट १५ (शुक्रबार) का दिन राजधानी प्यालेस होटल, खैतान मा दिनको १ बजेबाट सुरु जानकारी दिएका छन । कार्यक्रममा आदिवासी समुदायको भाषा, भेषभूषा, कला र पहिचान झल्काउने सांस्कृतिक प्रस्तुति, विविध गतिविधिहरू, तथा अधिवेशन सत्र सञ्चालन गरिनेछ भने सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै महासंघको आगामी कार्यकालको दिशानिर्देशन तय गरिने भएको छ ।

आयोजकले उक्त दिन अन्य संघसंस्थाहरूलाई कार्यक्रम नजुधाइ दिन अपिल गर्दै सबैमा सक्रिय सहभागिता भइ कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल पारिदिन आह्वान गरेको छ।