कुवेत। तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रवारको दिन ‘सांगितिक धमाका २०२६’ कार्यक्रम गर्ने भएको छ।
कुवेतमा सन् २००९ मा स्थापना भएको तनहुँ सेवा समाज कुवेतले नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई “तनहुँ सांगितिक धमाका २०२६” गर्ने अध्यक्ष सोम खत्रीले जानकारी दिएका छन् ।
नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर जानकारी गराउने अध्यक्ष बताएका छन् ।
उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी, र तनहुँबाट कुवेतमा आई कार्यरत रहेका तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरु लाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन साथै उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्थाले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि अध्यक्ष सोम खत्रीले अनुरोध गरेका छन ।
