आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

एनआरएनए कुवेतले आगामि अक्टोबर २६ मा देउसी-भैलो कार्यक्रम गर्दै

परदेशी खबर ३० आश्विन २०७९, आईतवार ०७:३२ मा प्रकाशित ( १ साल अघि) ३९१ पाठक संख्या

परदेशी खबर/ अक्टोबर १६. कुवेत। नेपालीहरुको महान चाड शुभ दिपावलीको अवसरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनमा देउसीभैलो कार्यक्रम गर्नै भएको 

उक्त कार्यक्रम कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा देउसीभैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजक गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले जानकारि दिएको छ साथै  कुवेतमा कृयाशील विभिन्न नेपाली संघसंस्थाहरुद्वारा सामुहिक देउसीभैलोसाथै स्थानीय नेपाली कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने बताएका छन्।

आयोजकका अनुसार प्रवासमा रहेर पनि नेपाली रहन सहन, भाषा, संस्कृति तथा भेष भुषाको जगेर्णगर्नुको उदेश्यले देउसीभैलो तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो

कुवेतमा कृयाशिल विभिन्न संघसस्था, समाजसेवी, बुद्दीजिवी, व्यवसायी, पत्रकार, कलाकारलगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त दिनको कार्यक्रममा उपस्थितभई कार्यक्रमको शोभा बढाइदिनको लागि  आयोजकले अनुरोध गरेको साथै उक्त मितिमा कुनैपनि कार्यक्रम नजुधाइ दिन पनि सम्बन्धित सबैमा आयोजकले अनुरोध गरेको

कार्यक्रमको बिवरण :

कार्यक्रम: “देउसीभैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम

मिति: २६अक्टोबर, २०२२(बुधबार)

समय: अपरान्ह बजे देखि १२ बजे सम्म

स्थान: मेमोरी हल, मङ्गाफ ब्लक, स्ट्रीट २४

कार्यक्रम संयोजक:

मोहन कुमार राई

संस्कृति विभाग प्रमुख (NRNA-NCC Kuwait)

संपर्क नं: +965 6622 3024