आज: ३० बैशाख २०८१, आईतवार | Sun, 12, May, 2024
FLASH NEWS

नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेशन मे २४मा हुँदै

परदेशी खबर १६ बैशाख २०८१, आईतवार ११:१९ मा प्रकाशित ( १ हफ्ता अघि) ७८ पाठक संख्या

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको हिजो सम्पन्न बैठकले केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिवेसन गर्ने निर्णय गरेको हो ।

अधिवेसन समारोह सफल बनाउन तिन सदस्सिय संयोजक समिति समेत गठन गरेको छ । जसमा संयोजक प्रदिप कार्की सह-संयोजक – मदन पनेरु र सदस्य – जिवन निरौला रहेका छन । विशेष कारणवस अधिवेसन मिति सार्नु परेको जनाउदै महामन्त्रि केशर घंलान तामाङले राष्ट्रियता लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपाली काग्रेस निकट कुवेत वासी नेपालीहरुलाई ने .ज.स को संपर्कमा आउन सार्वजनिक आह्वान समेत गरेका छन ।

थप जानकारी :
स्थान: शेफ नौशाद समारोह हल, फर्वानिया
मिति: जुन-२१, २०२४
समय: बिहान ११ बजे