आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS

एनआरएनए अल मुजैनी कप २०२४ अन्तर नेपाली फुटबल टुर्नामेन्टको उपाधि एनडिआर एफसिलाई

परदेशी खबर १६ बैशाख २०८१, आईतवार १४:०५ मा प्रकाशित ( २ हफ्ता अघि) ४३५ पाठक संख्या

हरि लावती, अप्रिल २८, कुवेत । एनआरएनए अल मुजैनी कप २०२४ अन्तर नेपाली फुटबल टुर्नामेन्टको उपाधि NDR FC ले चुम्न सफल भयो भने FARWANIYA FC उपविजेता बनेको छ ।

गत अप्रिल २५ र २६ का दिन आयोजित प्रतियोगिता अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजन र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा भएको थियो ।

फुटबल प्रतियोगितामा जम्मा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता संघका अध्यक्ष रण ध्वज लामाको अध्यक्षता, नेपाली राजदुताबास कुवेतका महामहिम राजदुत घनश्याम लम्सालको प्रमुख आतिथ्यता, अल मुजैनी एक्सचेन्ज कुवेतका अपरेशन मेनेजर गुरुप्रसाद काद्री, एम्बासेडर सुपरमार्केटका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनीधिहरू लगायत खेल प्रेमि दर्शकहरूको बाक्लो उपस्थितीमा प्रतियोगिता सम्पन्न भएको थियो ।

विजेता एनडिआर एफसिलाई ३०० केडि, ट्रफि, मेडल र प्रमाणपत्र साथै उपविजेता फर्मानिया एफसिलाई १७५ केडि, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा एनडिआर एफसिका नबिन मगर उत्कृष्ट खोलकिपर, फर्मानिया एफसिका सागर लामिछाने उत्कृष्ट डिफेन्डर, फर्मानिया एफसिकै नातन किश्कु उत्कृष्ट मिडफिल्डर, एनडिआर एफसिका रेन्जी मगर उत्कृष्ट फर्डवाड, फर्मानिया एफसिका साहिल राई उच्च गोलकर्ता र एनडिआर एफसिका गौतम परियारलाई मोष्ट भ्यालुएवल उत्कृष्ट खेलाडीको विधा प्रदान गरिएको थियो ।

विजेता, उपविजेता, रेफ्री तथा उत्कृष्ट खेलाडीहरूलाई अल मुजैनी एक्सचेन्ज कुवेतका नेपाली कोरिडर हेड तथा बजार प्रबन्धक राम बस्नेतबाट पनि अल मुजैनी एक्सचेन्जको आकर्षक कोशेली दर्शकहरुलाई उपहार स्वरुप बितरण गरिएको थियो ।

उक्त प्रतियोगितामा आयोजक एनआरएनए कुवेत र नेपाली दुतावास कुवेतको टिम बिच मैत्रीपुर्ण खेल भएको थियो त्यस्मा नेपाली दुतावास कुवेतको टिम ५–०१ गोलमा बिजय भएको थियो ।

अन्त्यमा संघका अध्यक्ष रण ध्वज लामाले प्रतियोगिता सफल पार्न मुख्य भुमिका खेल्नुहुने नेपाली दुतावास कुवेत परिवार, आर्थिक नैतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगिहरुलाई बिषेश धन्यवाद दिदै प्रतियोगिता सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।