आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

शिष्टाचार अभियानले सुरक्षागार्ड गुरुङलाई राष्ट्रिय सम्मान गर्ने:

परदेशी खबर २०७९ भाद्र २१, मंगलबार मा प्रकाशित ( ३ साल अघि) १०४८ पाठक संख्या

काठमाण्डौं,२१ भदौ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ । शिष्टता, सभ्यता र संस्कारका निम्ति अभियान नै चलाईरहेका शिष्टचार अभियानले सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दनसहित सो सम्मान गरिने भएको हो ।

बिज्ञापन (Sponsored)

“म मन्त्री जान्दिन, लाइनमा बस्नुहोस् भन्ने सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दन ।”, साबिकको हाँसपोसा गाविस हाल इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहरा घर भई हाल अमेरिकामा रहनुभएका शिष्टचार अभियानका अभियानकर्ता एवम् समाजसेवी सुमन दाहालले आफ्नो फेशबुक पेज मार्फत यो जानकारी गराउदै भन्नुभएको छ, “हामी उहॅालाइ राष्ट्रिय सम्मान प्रदान गर्दछौं । उहाँले समय र स्थान बारे यथासिघ्र जानकारी गराउने बताउनुभयो ।”

शिष्टचार अभियानसँगै इटहरी २० तरहरा घर भई हाल अमेरिका रहनुभएका समाजसेवी हरिहर दाहालले पनि सुरक्षागार्डलाई राष्ट्रिय सम्मान प्रदान गर्नका लागि आवाज उठाउदै त्यसका लागि आफूबाट आर्थिक, नैतिक सबै सहयोग हुने जनाउनुभएको छ ।

विना शर्त रिहाईको मागः

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व सञ्चारर्की रवि लामिछानेले सुरक्षागार्डलाई भेटेका छन् ।

रविले भन्नुभएको छ, “प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ ।”

गुरुङको भनाई उद्धत गर्दै रविले आफ्नो फेशबुकमा लेख्नुभएको छ, “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।”

सुरक्षागार्डको पक्षमा सामाजिक संजालमा पनि विनाशर्त रिहाई हुनुपर्ने भन्दै चर्को आवाज उठेको छ ।

उता, तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले पनि उनको विनाशर्त रिहाईको लागि माग गरेको छ । संघका केन्द्रीय सदस्य नवीन गुरुङले फेशबुक मार्फत सो माग गर्दै तमु (गुरुङ) नेतृत्वलाई सुरक्षागार्डको तत्काल रिहाईको लागि पहल गर्न अनुरोध गरेका छन् । यसैबीच चौतर्फी विरोधपछि, तर्सिएका मन्त्रीले आफै गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई अनुरोध गरेपछि गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालयलाई छाड्न निर्देशन दिएका थिए । गुरूङ आजै रिहा भइसकेका छन् ।