आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन

परदेशी खबर २०७९ भाद्र १५, बुधबार मा प्रकाशित ( ३ साल अघि) ५७६ पाठक संख्या

बिज्ञापन (Sponsored)

शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन भएको छ। उनको ९१ वर्षको उमेरमा निधन भएको हो।

उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा थिए ।

गोर्बाचेभले आफ्नो समयमा दुईवटा सुधारहरू गरे जसले सोभियत संघको भविष्य परिवर्तन गर्यो। यी ‘ग्लासनोस्ट’ अर्थात अभिव्यक्ति स्वतन्त्रता  र ‘पेरेस्ट्रोइका’ अर्थात पुनर्गठन थिए।

अभिव्यक्ति स्वतन्त्रताको नीति पछ्याउँदै सोभियत संघमा जनतालाई सरकारको आलोचना गर्ने अधिकार प्राप्त भयो। यो पहिले कहिल्यै कल्पना नगरेको कुरा थियो।

मिखाइल गोर्बाचेभ सन् १९८५ मा सोभियत संघका राष्ट्रपति निर्वाचित भएका थिए। यसपछि उनले विश्वका लागि सोभियत संघमा विकास गर्न ढोका खोलिदिए। फलस्वरुप ठूलो परिमाणमा धेरै सुधारहरू भयो।

तर यिनै सुधारले सोभियत संघ विघटनको नेतृत्व गर्यो। उनले कयौं प्रयास गर्दा पनि जोगाउन सकेनन्। त्यहींबाट आधुनिक रूसले जन्म लियो। -बीबीसीबाट