आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

हरितालिका तीज कार्यक्रमको अवसरमा चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

परदेशी खबर १४ श्रावण २०७९, शनिबार २३:४७ मा प्रकाशित ( १ साल अघि) ६९६ पाठक संख्या

परदेशी खबर / जुलाई ३०, कुवेतl नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले परदेशी खबरलाई जानकारी दिएका छन् ।

नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापनाकालदेखी हरेक बर्षहरुमा नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ। तर गत वर्षभने कोरोना भाइरस महामारी रोगका कारण कार्यक्रम हुन सकेको थिएन।

नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाकामा स्थानीय कलाकारले समेत प्रस्तुति दिने छन । ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतीको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

हरितालिका तीज विशेष सांगीतिक धमाका कार्यक्रमलाई सफल पार्न कुवेतमा कृयाशिल विभिन्न संघ- सस्था, समाजसेवी, बुद्दीजिवी, भद्रभलाड्मी, व्यवसायी, पत्रकार, कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्न अध्यक्ष बरालले आग्रह गरेका छन । कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु कार्यक्रममा उपस्थित भई  कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ । उक्त दिन कुनै पनि संघ – सस्थाले कार्यक्रम नजुधाई दिन समेत अध्यक्ष बरालले आग्रह गरेका छन् ।

प्रवासमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकारहरुले आफ्नो कला र गलालाई निरन्तर प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोबिन्द बराल मोहितलाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग समेत सम्पर्क गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले आग्रह गरेको छ ।

 

कार्यक्रमको विवरण 

मिति :- ०२ सेक्टेम्वर २०२२ ,शुक्रबार

समय :- दिनको ठीक ०१ बजे

स्थान :- इन्डियन सेन्ट्रल स्कुल जिलिब सोयख कुवेत