काठमाडौंः काठमाडौंमा घर बनाउन ४ आना जग्गा अनिवार्य गरिएको छ ।
घर बनाउने प्रयोजन आवासका लागि ४ आनाभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने व्यवस्था ल्याइएको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली २०७९ जारी गर्दै यो व्यवस्था अघि सारेको हो।
राजपत्रमा जेठ २३ गते प्रकाशित गरेको नियमावलीमा भनिएको छ, ‘जग्गाको खण्डीकरण नियन्त्रणसम्बन्धी व्यवस्थामा कृषि क्षेत्रको रुपमा वर्गीकरण गरिएको वा नियम ५ को उपनियम (७) बमोजिम कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा पाँच सय वर्ग मिटर, तराई र भित्री मधेशमा छ सय पचहत्तर वर्ग मिटर क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न पाइनेछैन । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।
