आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

कुवेतमा तिन किरातीद्वारा आयोजित उभौली साकेला कार्यक्रम आउदो मे २७ मा हुदै

परदेशी खबर १२ जेष्ठ २०७९, बिहीबार ०५:३० मा प्रकाशित ( १ साल अघि) ६८१ पाठक संख्या

नैनकला राई/ अप्रिल २६, कुवेत l कुवेतमा कृयाशिल तिनकिराती संस्था किरात राई यायोक्खाकुवेत, किरातयाक्थुङ चुम्लुङ कुवेत सुनुवार सेवा समाज कुवेतलेआउदो २७ मे २०२२मासंयुक्तरुपमा साकेला उभौली / यक्वा तङनाम/ सालिवा श्यादैर पिदार (येले दोङ/ येलेतङबे / येलेथोचे ५०८२ )को शुभकामना आादानप्रदानकार्यक्रम हुने कार्यक्रमका संयोजक तथा किरातराईयायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले परदेशीखबरलाइ जानकारि दिएका छन्।

भाषा, संस्कार संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथतीनकिराती संस्थाहरुले संयुक्तरुपमा आयोजना गरिएको किरातीहरुको महान चाड साकेला उभौली/ यक्वा तङनाम/ सालिवा श्यादैर पिदार कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्नसंस्कृतिक झाँकीका साथ धुमधामले मनाउनेगरि तयारिमा जुटेको किराया कुवेतको अध्यक्ष एवंसंयोजक मन्जित चाम्लिङ राईले बताएका छन्।

उक्त कार्यक्रममा कुवेतमा कार्यरत किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिकनृत्यमासहभागिता जनाई चाड मनाउन गैर किराती दिदीबहिनी तथा दाजुभाइहरु लगाएतमिडियाकर्मीहरु, संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकारहरुको गरिमामयउपस्थितिको लागिहार्दिक अनुरोध गरेका छन्

कार्यक्रमको विवरण

मिति: २७ मे २०२२

समय: बिहान १० बजे

स्थान: कोहिनुर इन्टरनेसनल रेस्टुरेन्ट ब्लक स्ट्रेट ३६ सुकसभा फाहाहि