आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

राष्ट्रिय परिचयपत्र छपाइ सुरु

परदेशी खबर २०७९ बैशाख २६, सोमबार मा प्रकाशित ( ४ साल अघि) ११७८ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाडौं : राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरणको सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गरेका छन्।

विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचय पत्रको कार्ड ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया सुरु गरेको महानिर्देशक तिर्थप्रसाद भट्टराईले जानकारी दिए। अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउनेक्रममा रहेको विभागले जनाएको छ।

यो वर्ष भरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ। मेसिनले घण्टामा ११ सय कार्ड छाप्ने भएकाले परिचय पत्रको फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ।

विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ। अभियानमार्फत् ५६ लाख ५३ हजार २०९ र इकाईमार्फत् ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ।

विभागले इलाम,  भोजपुर,  ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ्ग, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पुर्व),  नवलपरासी  (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, मनाङ्ग, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्‍चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ।

अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ।यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।