आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

मगर सँघ कुवेतद्वारा आगामि हप्ता मनाउने माघे सकराती कार्यक्रम अनिश्चित कालको लागि स्थगित

परदेशी खबर २४ पुष २०७८, शनिबार १६:४४ मा प्रकाशित ( २ साल अघि) ८८५ पाठक संख्या

परदेशी खबर/०८ जनवरी २०२२, कुवेत। नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रियतथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाडमाघे सकरातीआगामी १४ जनवरी २०२२का दिन मनाउने भनिए पनि कोभिड१९ को कारण स्थानिय सरकारले कुनै पनि सार्वजनिकस्थानहरुमा भेला हुन निषेध गरे पछी अनिश्चित कालको लागि स्थगित गरेको छ।

संस्थाका अध्यक्ष मनु मगरको अध्यक्षमा कुवेतको मंगाफस्थित सभा हलमा हिजो बसेको उक्त निर्णयगरेको हो।

कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने भनिएको माघे सकरातीमा कुवेतमा कृयाशिल रहेकासम्पूर्ण नेपाली सँघसंस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाईने भनिएको निमन्त्रणा पत्र पनि तयारी अवस्थामा रहेको बेला एकाएक परिस्थिती बदलिन पुगेकोमा दु: लागेकोअध्यक्ष मनु मगरले बताउँदै परिस्थिती सामान्य भए पछी मगर सँघ कुवेतले बृहत कार्यक्रम दिने पनिबताएका छन्।