आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

अल्मुताइरिको बाँकी रहेको धन्यवाद कुवेतमा रहेका नेपालीले फर्काउनु पर्छ

परदेशी खबर २०७८ कार्तिक २, मंगलबार मा प्रकाशित ( ४ साल अघि) ७२७ पाठक संख्या

युवक राई

युवक राई ठिम्मर
अब्दुल्लाह अल्मुताइरि प्रमुख धन्यवादको पात्र हुदाहुदै पनि केहि खटपटको कारण हिजो नेपालमा सबै खेलाडीले सम्मान र बधाई पाई रहदा मुताइरि भने नेपाल नगई आफ्नो देश फर्किए । तर उनले छोटो समयमा नेपाली खेलकुद फुटबललाई जुन आत्मबिस्वास दिनु भो तेसको लागी कुवेतमा रहेका हामी सम्पूर्ण नेपालीले धन्यवाद सहितको माथिल्लो सम्मान गर्नै पर्छ । अझ मुताइरि धन्यवादको केन्द्र किन पनि छन भने नेपालीले गोल गर्न सक्दैन नेपाल लाई गोल गर्न आफूभन्दा कमजोर टिम मात्र चाहिन्छ जस्ता आलोचनालाई अल्मुताइरिको आगमनले पुरै बदल्न सक्यो । मुताइरिको नेत्रित्वमा नेपालले इराक , ओमान जस्तो माथिल्लो बलियो टिमलाई पनि गोल हान्न सक्यो । यसले नेपाली टिममा नयाँ आत्मबल सहितको तरङ्ग ल्याउन ठुलो भूमिका खेल्न मदत गर्यो । र यसैको बाबजुत साफ गेममा प्रस्ट देख्न सकियो नेपालि टिमको प्रभाव ।

बिज्ञापन (Sponsored)

अझ हामी कुवेतमा बस्ने नेपाली अन्य देशमा बस्ने नेपाली भन्दा अलि बढिनै सक्रिय र कार्यकर्म गर्न मन पराउने खालको छौ । परेको बेला जस्तोसुकै सहयोग गर्न र आपसी एकतामा निकै बिस्वास राख्छौं । हो यहि संघसंस्थाहरु , खेलकुद प्रेमी , बुद्धिजीवी लगायत सम्पूर्णले NRNAको नेतृत्वमा नेपाल एम्वेसी कुवेतमा एउटा भब्य कार्यकर्म राखी उहा लगाएत उहाको परिवारलाई पनि निमन्त्रणा गरि अभिन्नदन गर्न सके भोलिको दिनमा उहालाई नेपाल जान अझ पेरणा मिल्ने नै छ हामीले पनि उहाको गुण फर्काउन आफ्नो ठाउ बाट सानो कोशिश गरि रहेका हुनेछौं ।