नेकपा (एकीकृत समाजवादी) पार्टीमा आए आचार्य र शाक्यको मुख्यमन्त्री निरन्तरता : नेतृ झाँक्री

भदौ १९, काठमाडौ। नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजे उनीहरूकै सरकारले निरन्तरता पाउने बताएकी छिन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै झाँक्रीले मुख्मयन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यले एकीकृत समाजवादीमा आबद्ध भएको खण्डमा मुख्यमन्त्रीद्वयको सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ ।’ उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैँ खट्ने छौँ। एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लिनुपर्ने हुन्छ। सरकार अल्पमतमा पर्छ, त्यसकारण त्यो प्रकृयाबाट नै नयाँ बाटो सुरु हुन्छ ।’

नेतृ झाँक्रीले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयले सरकार विस्तारमा ढिलाइ नभएको प्रस्ट पारिन् । उनले नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने तथा मुलुककै कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने दाबी समेत गरिन् । एमाले विभाजन भई समाजवादी बनेपछि एमालेमा फर्किएकाले सङ्कट नपर्नेसमेत दाबी गरिन् ।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस