आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुलमानले गरे पदबहाली, हितेन्द्रलाई दिए धन्यवाद

परदेशी खबर २०७८ श्रावण २७, बुधबार मा प्रकाशित ( ४ साल अघि) ३५२ पाठक संख्या

बिज्ञापन (Sponsored)

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।  बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिएका थिए ।  

घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो । यसअघि केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई सरकारले उर्जा आयोगमा सरुवा गरेको छ ।यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।